त्रिशुलीको कटानले तान्न थाल्यो मलेखुुका घरहरु

त्रिशुलीको कटानले तान्न थाल्यो मलेखुुका घरहरु

त्रिशुली नदीमा पानीको बहाव बढेसँगै धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित फुर्केखोला र चामबासका घरहरु उच्च जोखिममा परेका छन् । पानीको बहावले नदी किनारका घरहरु भत्काउन थालेपछि स्थानीयहरु त्रसित छन् । 

नदीको पानीले भेटेका कच्ची घरहरु भत्किएका छन् भने पक्की घरहरुको पनि जगमा पानीले कटान शुरु गरेपछि स्थानीयले घर खाली गर्न थालेका छन् । नदीको बहाव घरसम्मै उक्लिएको र मढारिएको पानीले जमिन कटान गरेर पहिरो चल्न थाल्दा नदी छेउका घरहरु खाली गर्न थालिएको जिल्ला प्रहरी कार्यालय धादिङका उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

नदीसँगैका घरको जगसम्मै पानीले कटान गर्न थालेपछि स्थानीयहरुले सरसामान घर बाहिर खाली ठाउँमा सारेका छन् । ती सुरक्षित स्थान खोज्दै सिद्दलेक गाउँपालिकाको परेवाटारतर्फ सर्न थालेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । 

फुुर्केखोला क्षेत्रमा करिब २५ घर र चामबास क्षेत्रमा करिब १७ घर त्रिशुली नदी किनारमा छन् । त्यस क्षेत्रमा पुुग्नुुभएका पत्रकार नवराज छत्कुलीका अनुसार केही घर त्रिशुलीले तानिसकेको छ । नदीको बहाव बढ्ने क्रम नरोकिएको र एकाएक घरका जग पहिरिएर नदीमा मिसिन थालेपछि स्थानीयहरुको भागाभाग भएको छ ।

टिप्पणीहरू