बाढीले तहसनहस पारेपछि बल्ल २० वटा डुंगा थप

लगातारको मुसलधारे वर्षाले राजधानी उपत्यकाका धेरै स्थान डुुबाएको छ । मुलुकका ठूला साना राजमार्गहरु बाढी र पहिरोका कारण अवरुद्ध छन् । 

ललितपुरको नख्खु र काठमाडौंको बल्खु क्षेत्र बाढीका कारण सबैभन्दा धेरै प्रभावित छ । ललितपुरको कान्तिपुर कोलोनी नजिकै नख्खिपोटबाट नख्खु खोलाले चार जनालाई बगाएको छ । च्यासलको एमाले केन्द्रीय कार्यालयलगायत नदी किनारका घरहरुको भुईं तल्ला डुबेको छ । 

बिहान १० बजेसम्म मुलुकभर नौ जनाको मृत्युु र १० जना बेपत्ता भएका छन् । यसबीच सशस्त्र प्रहरी बलले ६१९ जनाको उद्धार गरेको जनाएको छ । सशस्त्रले राजधानीमा मात्रै झण्डै एक हजार जनाको फौज  परिचालन गरेको छ । मुलकभर करिब १०९८ जना परिचालित छन् ।

काठमाडौंमा डुबेका घर र बस्तीबाट सर्वसाधारणको उद्धारका लागि तीन वटा डुंगा परिचालन गरिएको छ । भर्खरै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत न्यूनीकरण प्राधिकरणले २० वटा डुंगा निकासा गरेको बुझिएको छ । चार दिनअघि मौसमको भविष्यवाणी गरिए पनि सुरक्षा निकाय बाहेक अरुले पूर्व तयारी नगरेको बुझिएको छ ।

अहिले गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।

टिप्पणीहरू