बाढीले पाँचथरमा हेवाखोलाको बेलिब्रिज बगायो

बाढीले पाँचथरमा हेवाखोलाको बेलिब्रिज बगायो

मेची राजमार्गअन्तरगत  फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेली ब्रिज बाढीले बगाएको छ । 

हिलिहाङतर्फको पिलर बगाएको फिदिम वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए ।  गत असारमा आएको बाढीले हेवाखोलाको पक्की पुल बगाएपछि सोही स्थानमा अस्थाई बेलिब्रिज बनाईएको थियो ।

ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ,याङवर र ताप्लेजुङतर्फको यातायात पूर्ण रूपमा बन्द भएको छ ।

टिप्पणीहरू