बाढी विकराल, ललितपुरमा ९ को मृत्यु, ११ बेपत्ता

बाढी विकराल, ललितपुरमा ९ को मृत्यु, ११ बेपत्ता

अविरल वर्षापछि आएको बाढी,पहिरो र डुबानमा परेर ललितपुरमा हालसम्म नौ वटा शव फेला परेको छ भने ११ जना हराइरहेका छन् । उद्धारनिम्ति ललितपुर जिल्लामा मात्रै एघार सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

मध्यान्ह १२ बजेसम्म २८१ जनाको उद्धार गरिएको छ । तीमध्ये सानेपाको तल्लो किनार क्षेत्रबाट ७७ जना, नख्खुको हार्मोनी कोलोनीबाट १४ जना, नख्खिपोट क्षेत्रबाट १५ जना,बुङ्गमती क्षेत्रबाट ७५ जना, चापागाउँबाट ५५ जना, युएन पार्क नजिकैबाट एक जना र इमाडोल क्षेत्रबाट २८ जनाको उद्धार गरिएको हो । 

बाढीले इलाका प्रहरी कार्यालय टुंगुनको सञ्चारसेटसहितको गाडी र क्विक रिकभरी टिमको मोटरसाइकल पनि बाढीले बगाएको छ ।

टिप्पणीहरू