पाँचथरको पहिरोमा ३ को मृत्यु,५ बेपत्ता

पाँचथरको पहिरोमा ३ को मृत्यु,५ बेपत्ता

पाँचथरमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनासहित ३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । 

फिदिम ४ मा पहिरोले पुरिँदा २४ वर्षीय सपना शेर्पा र ५ वर्षीय डोल्मा शेर्पाको मृत्यु भएको छ भने फिदिम नगरपालिका १ दुईको पुच्छारमा पहिरोले घर बगाउँदा ५० वर्षीय गोपी विश्वकर्माको ज्यान गएको फिदिम नगर प्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए ।

बिहिबार रातिबाट लगातार परिरहेको वर्षाको कारण फिदिम नगरपालिका – ४ चिसापानीस्थित आदिवासी जनजातिको भवन छेउ गएराति माथिबाट आएको पहिरोले पुरिएर सपना र डोल्माको मृत्यु भएको हो । 

नगरप्रहरी प्रमुख पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको  र शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । बिस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरक्षक रुपेश तामाङले जानकारी दिए । 

यसैगरी फिदिम १ दुमामा पहिरोमा परी कृष्ण दास,श्रीमती कमला दास, धनकुमार तुम्बापो,राजेश तुम्बापो श्रीमती सरस्वती तुम्बापो बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू