कुलेखानी जलाशयको ढोका खोलियो, जोखिम घटाउन विद्युत गृह निरन्तर सञ्चालन

कुलेखानी जलाशयको ढोका खोलियो, जोखिम घटाउन विद्युत गृह निरन्तर सञ्चालन

अविरल वर्षापछि मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ । जलाशयमा पानी तोकिएको सतहभन्दा माथि पुगेपछि आज बिहान ६ बजे बाँधका दुई वटा ढोका खोलिएको छ । 

जलाशययमा पानीको तह १५३०.९३ मिटर पुगेको छ । जलसतहको जोखिम घटाउन विद्युत् गृहलाई निरन्तर सञ्चालन गरिएको छ । विद्युत गृहबाट ६० मेगावाट विद्युत उत्पादन हुन्छ ।

बाँधका ढोका खोलिएपछि बागमती नदीको तल्लो तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

टिप्पणीहरू