अविरल वर्षापछि राजधानीसहित मुलुकका धेरै स्थानमा डुबान र पहिरो

अविरल वर्षापछि राजधानीसहित मुलुकका धेरै स्थानमा डुबान र पहिरो फाेटाे स्राेत : सामाजिक सञ्जाल ।

अस्तिदेखि परिरहेको वर्षाका कारण काभ्रेको बल्थलीमा पहिरो गएको छ । थुम्कीमा गएको पहिरोले गाउँ नै बगाएको बताइएको छ ।

पनौती नगरपालिका ११ बल्थलीको थुम्की गाउँको पहिरोमा चार जना बेपत्ता छन् । स्थानीय अर्जुन भण्डारीको घर बगाउँदा पाहुना आएका उनीहरु बेपत्ता भएका हुन् । गाउँमा थप क्षति भएको अनुमान छ ।

निरन्तरको वर्षापछि काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश नदी क्षेत्र डुबानमा परेका छन् । हनुमन्ते नदीले एउटा ग्यास बुलेट बगाएर ललितपुरको च्यासल नजिकै पुर्याएको छ ।

वर्षापछि पहिरोको जोखिम बढेकाले नारायणगढ–मुगलिङ सडक खण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

टिप्पणीहरू