थानकोट नजिकै पहिरो, यातायात अवरुद्ध

थानकोट नजिकै पहिरो, यातायात अवरुद्ध

थानकोट नजिकै धादिङको धुनिबेँसीस्थित सिस्नेखोलामा पहिरो गएको छ । पहिरोका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध बनेको छ ।

पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । काठमाडौं आइरहेका साना सवारी साधनलाई धार्के–सितापाइला सडकको प्रयोग गर्न सुझाव दिइएको छ ।

 

टिप्पणीहरू