काठमाडौंमा जनप्रदर्शन गर्ने माओवादी निर्णय

काठमाडौंमा जनप्रदर्शन गर्ने माओवादी निर्णय
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रले आगामी शनिबार काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कामको विरोध र ध्यानाकर्षणका लागि सभा गर्न लागिएको बताइएको छ ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकमा उक्त जानकारी गराइएको हो । आज बिहान आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको बताउनुभयो ।

हालैको विपद्मा देखिएको सरकारको असंवेदनशीलता र गैरजिम्मेवारीपनलाई उजागर गर्न खबरदारी सभा गर्न आवश्यक रहेको बताइएको छ । त्यस्तै पूर्ववर्ती माओवादी नेतृत्वको सरकारले शुरु गरेको सुशासन अभियानलाई कमजोर बनाइएको उसको ठहर छ ।

कात्तिक १० गते शनिबार काठमाडौंको सुन्धारामा भेला हुने र नगर परिक्रमापछि दर्शनीमार्गमा सभा गर्ने बताइएको छ ।

टिप्पणीहरू