ग्रामथानका मतदाता उत्साहित, २६ प्रतिशत भोट खस्यो

ग्रामथानका मतदाता उत्साहित, २६ प्रतिशत भोट खस्यो
सुन्नुहोस्

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भैरहेको उपनिर्वाचनमा मतदाताले उत्साहजनक सहभागिता जनाएका छन् । बिहान केहीबेर मतदाता उपस्थिति कम्जोर रहेकोमा घाम लागेसँगै बढेको हो ।  

बिहान ११ बजेसम्म ६ हजार ८२६ (२६ प्रतिशत) मतदान भएको छ । ७ बजे शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।

२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रगरी १६ जनाले उम्मेदवारी दिएका छन् ।
 

टिप्पणीहरू