मध्यपुसमा भैलोको रौनक (फोटोफिचर)

मध्यपुसमा भैलोको रौनक (फोटोफिचर)
सुन्नुहोस्

कर्णालीमा प्रचलित जुम्ली भैलो काठमाडौँमा पनि मनाइएको छ । यता बस्दै आएका जुम्लेलीले आज टुँडिखेलमा भेला भएर भैलो खेलेका हुन् । 

मुलुकका अधिकांश क्षेत्र र समुदायमा कात्तिक कृष्ण औंसी अर्थात् तिहारमा खेलिने देउसी-भैलो प्रख्यात छ । तर, जुम्लामा भने पुस कृष्ण औंसीदेखि पाँच दिनसम्म भैलो खेल्ने चलन रहेको छ । 

हिजो साँझदेखि भैलो शुरु भएपनि काठमाडौंमा त्यो सम्भव नभएकोले आज दिउँसो खेलिएको धनादेबी पाण्डेले बताइन् । आफ्नो संस्कार, संस्कृति बचाउन, देउडा खेल्न, सुखदुःखको कुरा गर्न काठमाडौंमा भैलो खेल्न थालिएको उनको भनाइ छ । 

भैलो पाँच दिनसम्म चल्ने छ । स्थानीय जनश्रृतिअनुसार जुम्ली भैलो प्रचलनबारे अनेक प्रसंग छन्, जसले यसको मौलिकता र विशिष्टता उजागर गर्छ । तर, बाह्य संस्कृतिको प्रभावले यस्ता मौलिक संस्कृति विस्तारै पलायन हुँदै गएको पाइन्छ । 

प्रायः नेपालीले तिहारमा खेल्ने भैलोका बेलामा पर्ने कात्तिक कृष्ण औंसीका दिन अर्थात् दीपावलीको दिन गाईपूजा हुन्छ । जुम्लातिर पुस कृष्ण औंसीको दिनलाई भट्ट्या औंसी पनि भनिन्छ । त्यो दिन गाईगोरुलाई पकाएको भटमास र नुन खुवाउने चलन छ । कागलाई पनि खानेकुरा दिने गरिन्छ ।

तस्बिरहरु

टिप्पणीहरू