अदालतमा रवि लामिछानेको याचना - बाहिरै बसेर पुर्पक्ष गर्न पाउँ श्रीमान !

अदालतमा रवि लामिछानेको याचना - बाहिरै बसेर पुर्पक्ष गर्न पाउँ श्रीमान !

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दिन आग्रह गरेका छन् । 

आज कास्की जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले सबै प्रतिवादीहरुलाई आफ्ना कुरा राख्ने समय दिएका थिए । त्यसक्रममा लामिछानेले त्यस्तो याचना गरेका हुन् ।

आफू गृहमन्त्री हुँदा शक्तिको दुरुपयोग नगरेको जिकिर गर्दै उनले अब पनि त्यस्तो अवस्था नरहेको बताए । 'पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् श्रीमान् !'

साथै, प्रत्येक पटक तारेखमा अदालत आउँदा सहकारी पीडितको पक्षमा गरेको कामहरुको रिपोर्टसमेत लिएर आउने लामिछानेले बताए । यो मुद्दामा थुनछेक बहस सकिएकाले आजै आदेश आउने सम्भावना छ ।

अहिले अदालत वरपर सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।

टिप्पणीहरू