हिमपहिरोमा बितेका चिनियाँ नागरिकको शव घर लैजाने तयारी

हिमपहिरोमा बितेका चिनियाँ नागरिकको शव घर लैजाने तयारी

कास्कीको अन्नपूर्ण हिमाल आधार शिविर (एबिसी) नजिकै हिमपहिरोमा परेका चिनियाँ नागरिकको शव काठमाडौं ल्याइएको छ । चैत ११ गतेदेखि बेपत्ता २७ वर्षे चङ युअनेको शव हिजो चुम्रुङमा फेला परेपछि सिम्रिक एयरको हेलिकोप्टरमा काठमाडौंको शिक्षण अस्पताल ल्याइएको छ । पोष्टमार्टमपछि शवलाई आजै चीन लैजाने तयारी भैरहेको बुझिएको छ । । 

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीको एउटा टोलीले हिजो हिउँमा पुरिएको अवस्थामा चङको शव फेला पारेको हो ।

टिप्पणीहरू