आन्दोलन स्थगितपछि गुरुहरुबीच लफडा, प्रहरीको मध्यस्थता

आन्दोलन स्थगितपछि गुरुहरुबीच लफडा, प्रहरीको मध्यस्थता

नेपाल शिक्षक महासंघको बैठकमा लफडा भएको छ । २९ दिनसम्म भएको सडक आन्दोलनको समीक्षा र सरकारसँग भएका सहमतिबारे जानकारी दिन महासंघले आज दिउँसो १२ बजे नयाँ बानेश्वरको रत्नराज्य माध्यामिक विद्यालयमा बैठक राखेको थियो । तर विद्यालय कर्मचारीहरुले आफ्नो माग सहमतिमा नअटाएको भन्दै महासंघ नेतृत्व र पदाधिकारीमाथि आक्रोश पोखेपछि अवस्था गम्भीर भएको बताइन्छ ।

जारी बैठकमा महासंघ अध्यक्ष लक्ष्मीकिशोरीले सहमतिबारे जानकारी गराउने  क्रममा विद्यालय कर्मचारीहरुले आवेगमा आएर आक्रोश पोखेको शिक्षकहरुको आरोप छ । त्यसपछि बैठक हलमा होहल्ला मच्चिएको हो । शिक्षक र विद्यालय कर्मचारीबीच धकेलाधकेल हुन थालेपछि हलमा प्रहरी पुगेको छ ।

विद्यालय कर्मचारी परिषद्ले आज बिहान जारी गरेको विज्ञप्तिमा महासंघ र सरकारबीच भएको सहमति अस्वीकार गरिएको उल्लेख छ ।

टिप्पणीहरू