कक्षा १२ को जाँच तोकिएकै मितिमा
राष्ट्रिय परीक्षा बोर्डले निर्धारित मितिमै कक्षा १२ को परीक्षा हुने जनाएको छ ।
जाँच सरेको भनि भ्रामक सूचनाहरु सामाजिक सञ्जालमा पोष्ट भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले वैशाख २१ गतेदेखि नै परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ । बोर्डले आज विज्ञप्ति जारी गर्दै बोर्डको आधिकारिक बेभसाइटमा प्रकाशित सूचनामा मात्र विश्वास गर्न सूचित गराएको छ ।
‘बोर्डको आधिकारिक अन्य कुनै फेसबुक पेज नभएको व्यहोरासमेत जानकारी गराउँदै बोर्डको आधिकारिक सूचना बोर्डले आफ्नो बेभसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सोमार्फत आधिकारिक सूचना प्रवाह गरिने हुँदा बोर्डको सूचना प्राप्त गर्न अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपरी बोर्डको आधिकारिक बेभसाइटमार्फत प्रवाह हुने सूचनाबाट मात्र जानकारी लिनुहुनसमेत अनुरोेध छ’,विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, बोर्डले परीक्षाको तयारीमा लाग्न केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकायलाई आग्रह गरेको छ । गत वैशाख ११ गतेदेखि शुरु हुनुपर्ने परीक्षा शिक्षक आन्दोलनका कारण सारेर वैशाख २१ गते पुर्याइएको हो । परीक्षा जेठ २ गते सकिनेछ ।
टिप्पणीहरू