भारत-पाकिस्तानको सम्भावित लडाइँ रोक्न नेपालबाट युएनसङ्ग गुहार
छिमेकी मुलुक भारत र पाकिस्तानबीच चर्केको विवाद रोक्न आग्रहसहित ललितपुरको पुल्चोकमा युवाहरु जुटेका छन् । भारतको जम्मु–काश्मिरस्थित पहलगाममा हालै भएको आतंकवादी आक्रमणमा २७ जनाको ज्यान गएपछि दुई मुलुकबीच युद्धको खतरा बढेको छ ।
‘सार्कमा शान्तिका लागि युवा गठबन्धन’ ले युद्ध र हिंसा रोकौं भन्दै पहलगाम घटना निष्पक्ष छानबिनको माग गरेको छ । दोषीलाई कानुनी कारबाही हुनुपर्ने, भारत र पाकिस्तानबीच शान्ति र मित्रता कायम हुनुपर्ने आवाज उठाइएको छ ।
उनीहरुले लैनचौरस्थित भारतीय दूतावास,महाराजगञ्जस्थित पाकिस्तानी दूतावास,पुल्चोकस्थित संयुक्त राष्ट्र संघ र ठमेलस्थित सार्क सचिवालयमा शान्ति र मित्रताको याचना पत्र हस्तान्तरण गर्दैछन् ।
टिप्पणीहरू