चौरासी वर्षमा जीवनदेखि मोहभङ्ग
आज बिहान ६ बजेतिर चितवनमा एकजना वृद्ध आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । राप्ती नगरपालिका–१०, समिटारस्थित दर्लामी चोकमा टिनले छाएको घरको पालीको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई ८४ वर्षीय केशरबहादुर सुनारको झुण्डिएर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक रुपेश विष्टको कमाण्डमा गएको टोलीले घटनास्थल मुचुल्कालगायत अन्य अनुसन्धान कार्य पूरा गरी शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाएको छ ।
टिप्पणीहरू