सिभिल प्रहरीले घरेलु मदिरा समाए
हिजो राति साढे आठ बजेतिरको घटना हो । चितवनको खैरहनी नगरपालिका वडा नं. ८, मगनीचोकस्थित भित्री सडक खण्डमा एरिया डोमिनेशन गर्न निस्किएको प्रहरी निरीक्षक प्रदिप महतसहितको सिभिल टोलीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएकोे जनाइएको छ । सडकको छेउमा ओसारपसार भइरहेको अवस्थामा एकसय २० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय,खैरहनीले जानकारी गराएको छ । ओसारपसार गर्ने व्यक्तिचाहिँ प्रहरीलाई देख्नासाथ भागेको बताइन्छ ।
टिप्पणीहरू