सरकारी बजेटमा पार्टी कार्यालय रंगिन

सरकारी बजेटमा पार्टी कार्यालय रंगिन

नेकपा एमाले सिन्धुलीले हालै निर्माण गरेको पार्टी कार्यालयमा अनियमितता भएको आरोप छ । भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि ठेकेदारको भुक्तानीसमेत रोकिएको छ ।

जसरी पनि भुक्तानीका लागि दबाब दिन एमाले जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठसहितको टोली शहरी विकास तथा भवन निर्माण कार्यालय पुग्दा कार्यालय प्रमुखको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको बताइन्छ । आजाद स्मृति भवनको अघिल्ला निर्माणमा अख्तियारमा मुद्दा परेपछि भुक्तानी रोकिएको हो ।

अहिले ३० लाख रुपैयाँमा एमाले पार्टी कार्यालयमा रङरोगन गरिएको छ । ती सबैको भुक्तानीका लागि निरन्तर दबाब दिइएको शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । उक्त भवनको नाममा सरकारी कोषबाट पटक पटक खर्च भएको र निर्माणको क्रममा अनियमितता गरिएको कर्मचारीहरुको आरोप छ ।

टिप्पणीहरू