राजकुमारको ठाउँमा भगवतीको चर्चा

राजकुमारको ठाउँमा भगवतीको चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । 

घुस ‘डिल’ प्रकरणमा राजकुमार गुप्ताले बिहान पदबाट राजीनामा दिएपछि रिक्त पदमा उनलाई मन्त्री बनाउन लागिएको हो । एमालेका एकजना महिला सांसदले भगवती मन्त्री बन्ने ९० प्रतिशत कन्फर्म भैसकेको जानकारी दिए । 

राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकसमेत रहेकी भगवतीको कार्यकाल आगामी फागुनबाट सकिदैँछ । ०५१ सालमा पहिलोपल्ट पार्टी सदस्यता लिएकी उनी अनेरास्ववियु, अनेम संघ हुँदै पार्टीको केन्द्रीय सदस्य बनेकी हुन् । 

तनहुँ घर भएकी भगवती ०७४ को निर्वाचनमा भानु नगरपालिकाको मेयर लडेकी थिइन् । तर, पराजित भएपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको चाहनामा राष्ट्रिय सभामा ल्याइएको हो ।
 

टिप्पणीहरू