बुद्धनगरबाट नियन्त्रणमा लिइयो लुकेको बाघ
चितवनको भरतपुर–२७ बुद्धनगरबाट एउटा बाघ नियन्त्रणमा लिइएको छ । नेपाली सेना, प्रहरी, वन र निकुञ्जको प्राविधिक टोलीले आज साँझ सुरक्षित साथ बाघलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले बाघलाई समातेर निकुञ्जको जिम्मा लगाएको जानकारी दिए ।
आइतबार साँझ बुद्धनगरस्थित झाडीमा बाघ देखिएको भनी स्थानीयबाट खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी नायव निरीक्षक विनोद अधिकारीको कमाण्डमा टोली खटिएर स्थानीयलाई सुरक्षित राखिएको थियो । इप्रका दिव्यनगरबाट करिब चार किलोमिटर दक्षिण पर्ने उक्त स्थानमा सेना र वनको टोलीसमेत परिचालित थियो ।
हिजोदेखि समात्ने प्रयास भैरहेकोमा आज दिउँसो साढे चार बजेतिर सुरक्षित साथ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू