लिङ्ग परिवर्तन रोक्न दलमर्दनको टोली सडकमा
समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतनलाई कानुनी मान्यता नदिन माग गर्दै एउटा समूह सडकमा ओर्लिएको छ ।
दलमर्दन कामी नेतृत्वको संयुक्त नागरिक पार्टीको अगुवाइमा सरोकारवालाहरू आज दिउँसो माइतीघर मण्डलामा उत्रिएका हुन् । सो पार्टीको मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागले आयोजना गरेको खबरदारी सभामा अध्यक्ष दलमर्दनसहित विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए ।
'स्वेच्छाचारी र सभ्यता होइन, सभ्यताको जग स्त्री र पुरुषको विवाह', 'स्त्री-पुरुषको मिलन सन्तान दर सन्तान', 'जीवन रोजौँ मृत्यु होइन', 'मानव अधिकार सबैको सरोकार', 'विकृतिविरुद्ध खबरदारी सरोकारवाला होसियार, वैवाहिक घरपरिवार समाज र राष्ट्रको आधार' लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको छ ।
समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन ईश्वरको सृष्टि, मानवीय नैतिकता र मूल्य मान्यताविरुद्ध रहेकाले यस प्रकारको विकृति हटाइ असल संस्कृतिको थिति बसाल्न खबरदारी सभा गरेको अध्यक्ष कामीले जानकारी दिए ।
टिप्पणीहरू