वायुसेवा निगमलाई ‘बेष्ट एअरलाइन्स’ अवार्ड
नेपाल वायुसेवा निगम ‘बेष्ट एअरलाइन्स अन नेपाल रुट’ अवार्डबाट सम्मानित भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न ‘दशौं इन्टरनेशनल टुरिज्म कनक्लेभ एण्ड ट्राभल अवार्ड, २०२५’ मा निगम उक्त प्रतिष्ठित अवार्डबाट सम्मानित भएको जनाइएको छ ।
आईसीएम ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निर्देशक अजय गुप्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम वानीले संयुक्त रुपमा निगमलाई सम्मान प्रदान गरेका हुन् । निगमको दिल्लीस्थित कार्यालयका प्रतिनिधिहरुले अवार्ड ग्रहण गरेका थिए ।
यो सम्मानले मुलुकको राष्ट्रिय ध्वजावाहकको रुपमा निगमको प्रतिष्ठालाई थप मजबुत बनाएको निगमको भनाइ छ । नेपाल–भारतबीचको पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध सुदृढमा योगदान पुर्याउन र सुरक्षित, भरपर्दो र यात्रुमैत्री हवाई सेवा प्रदान गर्ने निगमको प्रतिबद्धतामा थप प्रेरणा र हौसला मिलेको जनाइएको छ ।
टिप्पणीहरू