यता खण्डवृष्टि, उता अतिवृष्टि

यता खण्डवृष्टि, उता अतिवृष्टि

नेपालमा यो वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरे पनि हालसम्म केही स्थान बाहेक अधिकांश भागमा कम वर्षा भएको छ । विशेषगरी तराई मधेशमा खडेरी नै परेको छ ।

उता, तुलनात्मक रुपमा कम पानी पर्ने चीनको राजधानी बेइजिङ र वरपरको क्षेत्रमा यो वर्षको गर्मी मौसममा अत्यधिक वर्षा भएको छ । बेइजिङमा हजारौंलाई सुरक्षित स्थानमा सारिएको बताइन्छ । दिनहुँको वर्षाले राजधानीका सडक जलमग्न भएका छन् ।

बाढी र पहिरोका कारण उत्तरी चीनका दर्जनौं सडक अवरुद्ध भएका छन् । बेइजिङको बाढी र हेबेइ प्रान्तको पहिरोमा मानवीय क्षति भएको छ ।

राष्ट्रपति सी चिनफिङले थप क्षति रोक्न ‘पूर्ण क्षमताका साथ’ खोज तथा उद्धार कार्यका लागि निर्देशन दिनुभएको छ । सीसीटीभीका अनुसार, जुलाई २३ देखि उत्तरी चीनका धेरै प्रान्तमा अनुमानभन्दा धेरै वर्षा भएको छ ।

यता हङकङले पनि उच्च वर्षाको चेतावनी जारी गरेको छ । वर्षाका कारण त्यहाँका सडक डुबानमा परेका छन्, रेल सेवा प्रभावित भएको छ ।

तस्बिरहरु

टिप्पणीहरू