प्रहरीका दुई अधिकृत बढुवाका लागि सिफारिस

प्रहरीका दुई अधिकृत बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका दुई जना अधिकृतको बढुवा सिफारिस भएको छ । बढुवा समितिको सचिवालयको हिजो बसेको बैठकले एक प्रहरी नायव उपरीक्षक (डिएसपी) को प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । 

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्वेषण तथा योजना शाखामा दरबन्दी भएका डिएसपी वीरेन्द्र थापा एसपी पदमा बढुवा सिफारिस भएका छन् । उनको संकेत नम्बर सी–०००००६३९ रहेको छ । उनले मूल्याङ्कनमा ८७.६०५७ अंक प्राप्त गरेका छन् । 

त्यसैगरी, इन्स्पेक्टर राजु अधिकारीलाई डिएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सी–००००३७६६ संकेत नम्बर भएका उनको दरबन्दी ईलाका प्रहरी कार्यालय माराङ्घाट, तनहुँ रहेको छ । उनले ९१.७७०८ अंक प्राप्त गरेका छन् ।

टिप्पणीहरू