सबै श्रेणीहरू

सिजाङमा हातेधूप नै प्रख्यात

सिजाङमा हातेधूप नै प्रख्यात स्रोत: सिजिटिएन

चीनको सिजाङ स्वायत्त क्षेत्रको न्येमो काउन्टीमा धूप बनाउने परम्परा शताब्दीऔंदेखि चल्दै आएको छ।

यो पुरानो परम्परालाई अहिले राष्ट्रिय सांस्कृतिक सम्पदाको रूपमा सम्मानित गरिएको छ।

केसर र चन्दनको मिश्रणबाट तयार गरिने तिब्बती धूप केवल सुगन्धका लागि मात्र नभई औषधि र अनुष्ठानमा समेत प्रयोग गरिन्छ।

उक्त धूपको प्रयोगले हावा शुद्ध हुने भएकाले मस्तिष्कलाई समेत फाइदा पुग्छ। हस्तनिर्मित उक्त धूपलाई सूर्यमा सुकाएर तयार गरिन्छ।

तिब्बती धूप आज पनि न्येमो काउन्टीमा प्रख्यात छ।

तस्विरहरुः

​​​​​​​