संविधानले गर्दा एमालेसँग मिल्नुपरेको देउवाको दाबी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यौटै दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको राजनीति गर्नुपरेको कुरा दोहोर्याउनुभएको छ । 

पार्टी मुख्यालय सानेपामा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यहि भएर अहिले मुख्य प्रतिश्पर्धी एमालेसंग मिलेर सरकार बनाएको स्पष्ट पार्नुभयो । कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने स्थिति संविधानले नै निर्माण गरेको देउवाको भनाइ छ ।

यसका बाबजुत संविधानको समावेशी चरित्र भने प्रशंसनीय रहेको उहाँले बताउनुभयो । महिला, आदिवासी, जनजाती सबैको अधिकार सुरक्षित रहेको संविधानको अहिले सफल प्रयोग भैरहेको भन्दै देउवाले सन्तोष व्यक्त गर्नुभयो । 

‘अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान छ । कुनै पार्टीको बहुमत आउँदैन । त्यस्तो किसिमको अवस्था छ । सबै पार्टीसँग मिलेर हिँड्नुपर्ने आवश्यकता छ । बाध्यता पनि भने हुन्छ’, देउवा भन्नुहुन्छ, ‘त्यसैआधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ । सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था छ ।’

सबैको अधिकारलाई ग्यारेन्टी गर्ने संविधान आफूहरुले बनाएको उहाँले उल्लेख गर्नुभयो ।

टिप्पणीहरू