प्रधानमन्त्रीपछि प्रधानसेनापतिको पालो
प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण तय भएको छ । उहाँ भदौ २७ गतेदेखि असोज ४ गतेसम्म ग्वाङ्झौ र सांघाईमा आयोजना हुने सैन्य कार्यक्रममा सहभागी हुने बताइएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले १२औँ बेइजिङ सियाङ्सन फोरममा समेत सहभागिता जनाउनुहुने छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर चीन भ्रमणमा हुनुहुन्छ । उहाँले आज सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।
शनिबार जानुभएका प्रधानमन्त्री पर्सि बेइजिङमा आयोजना गर्न लागिएको सैन्य परेडको अवलोकनपछि स्वदेश फर्किने कार्यक्रम छ ।
टिप्पणीहरू