असोजदेखि विदेशी पर्यटकमाथि निगरानी

असोजदेखि विदेशी पर्यटकमाथि निगरानी

अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकमाथि निगरानी गर्ने भएको छ । त्यसका लागि विभागले विदेशी पर्यटकको दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणालीको विकास गरेको छ । 

विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवद्र्धनको उद्धेश्यसाथ यो प्रणाली लागू गर्न लागिएको विभागले जनाएको छ । विभागका अनुसार पहिलो चरणमा असोज १ गतेबाट काठमाडौं उपत्यकाभित्रका तारे होटेलमा यो प्रणाली अनिवार्य गरिँदैछ । 

दोस्रो चरणमा मंसिर १ गतेबाट सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल्स कम्पनी, मनि एक्सचेञ्जर, सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवा लागू गरिनेछ । 

विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई अनिवार्य रुपमा प्रणालीमा आबद्ध हुन पनि सूचित गराएको छ ।
 

टिप्पणीहरू