गाडी बेच्ने साहुहरूबीच लफडा
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) लाई विशेष साधारण सभा स्थगित गर्न पत्र लेखेको छ। नाडाले पनि भदौ २४ गते गर्न लागेको विशेष साधारण सभा स्थगित गर्न पत्र जारी गरेको छ ।
पत्रमा उल्लेख गरिएको छ कि विधानअनुसार वार्षिक साधारण सभा नबोलाई विशेष साधारण सभा बोलाइएको र हालसम्म विधान विवाद समाधान नभएको कारणले विशेष साधारण सभा स्थगन गर्न आवश्यक भएको छ।
सिडिओ कार्यालयले विशेष साधारण सभा बोलाउने निर्णयसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुनसमेत निर्देशन दिएको छ।
पत्रमा भनिएको छ, “जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनबारे छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो? विशेष साधारण सभा बोलाउन गरिएका निर्णयसहित सात दिनभित्र यस कार्यालयमा उपस्थित हुनुहोला र हाल गर्न लागिएको विशेष साधारण सभा स्थगित गर्नुहुन अनुरोध छ।”
टिप्पणीहरू