संविधानले नचिनेको भाषा र लिपिमा इम्बोस्ड नम्बर नराख्न ध्यानाकर्षण

संविधानले नचिनेको भाषा र लिपिमा इम्बोस्ड नम्बर नराख्न ध्यानाकर्षण

भाषा आयोगले सवारी साधनमा विद्युतीय संकेत संख्या देवनागरी लिपिमा राख्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले विज्ञप्ति जारी गर्दै संविधानले नचिनेको भाषा र लिपिमा नभई देवानगरीमा संकेत नम्बर राख्न माग गरेको हो । आउँदो असोज १ गतेदेखि अनिवार्य रुपमा लागू गर्न लागिएको इम्बोस्ड नम्बर प्लेट अंग्रेजी र रोमन लिपिमा जडान गर्नुपर्ने सरकारको निर्णय छ । 

आयोगले भनेको छ, ‘संविधानले नचिनेको भाषा र लिपिमा होइन, यस सन्दर्भमा सर्वोच्च अदालतको २०८१ असार ९ गते भएको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको ‘धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ भनी स्पष्ट गरेको पाइन्छ’ भन्ने संवैधानिक प्रावधानबमोजिम सबै तहका सरकारलाई सोहीबमोजिम गर्न गराउन स्पष्ट व्याख्या भएकोमा सोबमोजिम आयोगले आफ्नो संवैधानिक दायित्वसमेत बोध गर्दै देवनागरी लिपिमा विद्युतीय संकेत संख्या राख्न सरकारको ध्यानाकर्षण गराउँदछ ।’

टिप्पणीहरू