साल्ट ट्रेडिङमा भ्रष्टाचार !
स्विपिङ नुन (रहलपहल नुन) बिक्रीमा आर्थिक अनियमितता गरेको आरोप लागेका विराटनगरस्थित साल्ट ट्रेडिङ्गका प्रमुख व्यवस्थापक राधेश्याम चौधरी र लेखापाल वसन्त यादवमाथि कतैबाट छानबिन नभएपछि धेरैले गम्भीर आशंका गरेका छन् । नुन बिक्रीमा अनियमितता गरेको प्रमाणसहितको उजुरी पर्दासमेत जिल्ला प्रशासन कार्यालय, मोरङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा चासो नदेखाएको उजुरीकर्ताहरुको भनाइ छ ।
विराटनगर महानगरपालिका–१०, तीन टोलियाका एक खुद्रा नुन व्यापारीसँग भदौ ३ गते नुन बिक्री गर्दा साढे सात हजार रुपैयाँ घुस लिएको प्रमाणसहित प्रशासनमा उजुरी परेको छ । तर व्यापारीले सिडिओ कार्यालयमा उपस्थित भएर उक्त आरोपमा कुनै सत्यता नभएको लिखित बयान दिइसकेका छन् । उनले आफूले कुनै लेनदेन नगरेको व्यहाेराकाे कागजमा दस्तखत गरेकाले आरोपमा सत्यता नभएको जनअास्थासँग बताए ।
कार्यालयले स्विपिङ नुन निकै सस्तोमा बिक्री गर्दै आएको जानकारी दिएको छ । प्रक्रिया पूरा गरेर बिक्री गर्दै आएको त्यस्तो नुन छाला प्रशोधन, डाइङ इण्डस्ट्ी र लुगाधुने काममा प्रयोग हुने साल्ट ट्रेडिङका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार फ्रेस आयो नुन प्रतिबोरा ११ सय २५ रुपैयाँमा बिक्री हुने गरेको छ । पछिल्लो समय सुनसरीको दुहबीस्थित हितेस ट्रेडर्सले सबैभन्दा बढी स्विपिङ नुन खरिद गर्ने गरेको स्रोतको दाबी छ ।

टिप्पणीहरू