अमेरिकाबाट डिपोर्ट तीन दर्जन नेपाली चार्टर्ड विमानमा आउँदै

अमेरिकाबाट डिपोर्ट तीन दर्जन नेपाली चार्टर्ड विमानमा आउँदै

गैरकानुनी रुपमा बसिरहेका तीन दर्जन नेपालीलाई अमेरिकाले निष्काशन (डिपोर्ट) गरेको छ । अमेरिकी अध्यागमनले एकसाथ ३७ जनालाई निष्काशन गरेको हो । 

अमेरिकी चार्टर्ड विमानमार्फत भोलि उनीहरुलाई काठमाडौँ ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले बताए । उनका अनुसार डिपोर्ट भएकाहरुलाई आज नेपाल अवतरण गराउने सेड्युल थियो । 

तर, भोलि मात्र ल्याउने जानकारी प्राप्त भएको न्यौपानेले जनाए । जनआस्थासँग भने,‘३७ जनालाई आज नेपाल ल्याउने सेड्युल थियो । आज भोलि मात्र ल्याउने जानकारी प्राप्त भएको छ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि अमेरिकाले झण्डै दुई सय जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । त्यहाँ एक हजारको संख्यामा नेपालीहरु गैरकानुनी तवरले बसिरहेको जनाइएको छ ।

टिप्पणीहरू