फेसबुक बन्द गर्न प्राधिकरणमा छलफल

फेसबुक बन्द गर्न प्राधिकरणमा छलफल

 सरकारले नेपालमा दर्ता नभएका फेसबुक, ट्वीटर (एक्स)सहितका सामाजिक सञ्जाल बन्द गर्ने भएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाललाई आजैबाट बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो । 

मन्त्रालयले सामाजिक सञ्जालहरुलाई पटकपटक दर्ताको लागि आह्वान गरे पनि फेसबुक, वाट्सएप, ट्वीटरजस्ता सामाजिक सञ्जालहरु सम्पर्कमै आएका छैनन् । पछिल्लोपटक क्याविनेटबाटै निर्णय गरेर सात दिने अल्टिमेटम दिइएकोमा उक्त समयसीमा पनि गएरातीबाट समाप्त भइसकेको छ । 

यसरी पटकपटक सूचीकरणको लागि आह्वान गरे पनि सम्पर्कमै नआएपछि सरकारले ती सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । आज मन्त्रालयमामा बसेको मन्त्रीस्तरीय बैठकले सूचीकरण नभएका सामाजिक सञ्जालहरुलाई निष्क्रिय पार्न प्राधिकरणलाई पत्राचार गरेको बुझिएको छ । 

प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले मन्त्रालयको पत्राचार आइसकेको तर आफूले विस्तृतमा पढ्न नभ्याएको बताए । मन्त्रालयको पत्राचारपछि अहिले प्राधिकरणका पदाधिकारीहरु छलफलमा जुटेका छन् । 

अनुगमन तथा कार्यान्वय महाशाखामार्फत् नेटवर्किङ शाखालाई खबर गरिदैँछ । अर्यालका अनुसार आज वा भोलिसम्ममा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द हुनेछन् ।

टिप्पणीहरू