इन्द्रजात्रा पर्व मनाइँदै

इन्द्रजात्रा पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै आज देशभर विशेषतः काठमाडौँ उपत्यकामा इन्द्रजात्रा पर्व मनाइँदैछ।

भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व हनुमानढोकामा धार्मिक विधिअनुसार ठड्याइने इन्द्रध्वजासहितको लिङ्गोबाट सुरु भई आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा र देवीदेवताका पूजा–आराधनासहित मनाइन्छ।                                                                                                           

आज राष्ट्रपति हनुमानढोकास्थित गद्दी बैठकमा श्री गणेश, श्री भैरव र जीवित देवी श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ।

जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, र ऐरावतको प्रतीक पुलुकिसी नाच देखाइने गरिन्छ। आठौँ दिन आश्विन कृष्ण चौँथीका दिन धार्मिक विधिपूर्वक इन्द्रध्वज पातन गरी पर्व समापन गरिन्छ।

टिप्पणीहरू