नेपाल र चीनका सेना फेरि एकै ठाउँमा

नेपाल र चीनका सेना फेरि एकै ठाउँमा

नेपाल र चीनबीच आजदेखि पुनः संयुक्त सैन्य अभ्यास हुन लागेको छ । नेपाली र चिनियाँ सेनाबीच संयुक्त अभ्यासको यो पाँचौँ संस्करण रहेको बताइएको छ ।

काठमाडौंमा हुने ‘सगरमाथा मित्रता अभ्यास’ आगामी १० दिनसम्म चल्नेछ । अभ्यास विशेषगरी विपद् व्यवस्थापन,मानवीय सहायतालगायत विषयमा ज्ञान र अनुभवको आदानप्रदानमा केन्द्रित हुने सेनाले जनाएको छ ।

यसअघि २०७४ वैशाखमा पहिलोपटक नेपालमा, २०७५ मा चीनको छङ्तुमा, २०७६ मा नेपालमा र गत वर्ष चोङछिङमा भएको सैनिक अभ्यास कोभिड–१९ महामारीपछि केही वर्ष रोकिएको थियो ।

टिप्पणीहरू