न्हुः पोखरी पुनःनिर्माणअघि छेउछाउका संरचनामा डोजर
ललितपुरको जावलाखेलस्थित न्हुः पोखरीको डिल मिचेर बनाइएको संरचना भत्काइएको छ । पोखरीको उत्तरतर्फको जग्गा मिचेर बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले बनाएको अनाधिकृत संरचनामाथि आज ललितपुर महानगरपालिकाले डोजर चलाएको छ ।
महानगरले गत साउन १७ गते ३५ दिने सूचना प्रकाशित गरेर ती संरचना हटाउन आग्रह गरेको थियो । तर, सूचनालाई बेवास्ता गरेपछि महानगर आफैंले संरचना भत्काएको जनाएको छ ।
महानगरले सो पोखरीको पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगर कार्यपालिकाबाट स्वीकृत गरेर बजेटसमेत विनियोजन गरिसकेको छ ।
टिप्पणीहरू