नेपालकै सामाजिक सञ्जाल बनाउने १० करोड कहाँ हरायो ?

नेपालकै सामाजिक सञ्जाल बनाउने १० करोड कहाँ हरायो ?

सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गरेपछि कतिपय विज्ञले नेपालले आफ्नै प्लेटफर्म बनाउन सुझाव दिएका छन् । उनीहरूको भनाइमा यसलाई अवसरका रूपमा लिएर स्वदेशी सामाजिक सञ्जाल विकास गर्न सकिन्छ।

तर,यो प्रयास नेपालमा पहिलो पटक हुन लागेको होइन । झण्डै एक दशकअघि नेपाल टेलिकमले आफ्नै सामाजिक सञ्जाल ‘मिट’ सार्वजनिक गरेको थियो । करिब १० करोड खर्चेर बनाइएको उक्त प्लेटफर्म तत्कालीन सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए। फेसबुकमार्फत ठूलो मात्रामा डाटा विदेश जाने भन्दै ‘मिट’ ल्याइएको थियो ।

तर,उद्घाटन भएको केही दिनमै ‘मिट’ हरायो । १० करोड खर्चेको हिसाब अहिलेसम्म सार्वजनिक भएको छैन । व्यक्तिगत लगानीमा बनेका अरू नेपाली सामाजिक सञ्जाल पनि बन्दै अवस्थामा छन्। विश्वमासमेत फेसबुकको विकल्प बनाउने प्रयास चुनौतीपूर्ण बनेको छ । करिब ७० अर्ब रुपैयाँ खर्चेर बनाइएको ‘गुगल प्लस’ समेत लामो समय टिक्न नसकेको अवस्था छ ।

त्यसैले, अहिलेको अवस्थामा उठेको बहसजस्तै फेसबुकको विकल्पको रूपमा स्वदेशी प्लेटफर्म विकास गर्नु त्यति सजिलो काम छैन । तर,चीनमा प्रयोगमा रहेका कतिपय विकल्पले भने त्यसलाई सकिँदैन भनेर पन्छाउन पनि मिल्दैन ।

टिप्पणीहरू