जेनजीको प्रदर्शनमा प्रधानमन्त्रीको फोटो च्यातियो

जेनजीको प्रदर्शनमा प्रधानमन्त्रीको फोटो च्यातियो

जेनजी पुस्ताको आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातिएको छ । बिहान माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरतर्फ अघि बढ्नेक्रममा प्रदर्शनकारीले सडकका पोलमा टाँसिएका ओलीका तस्वीर च्यातचुत पारेका हुन् ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवा एकताको प्रतिबद्धतासहित सडकमा उत्रिएका युवाहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा अघि सारेका छन् । ‘गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ’ बोलको गीतमा गुञ्जिएका उनीहरुलाई समर्थन गर्न जेनवाइ (अघिल्लो) पुस्ता पनि प्रदर्शनस्थलमा पुगेको देखिन्छ ।

कलेज ड्रेसमै सहभागी भएका युवाहरुले हातमा सरकारविरुद्ध नारा लेखिएको नेमप्लेट बोकेका छन् । हालसम्म प्रदर्शनमा सात हजारभन्दा बढीको सहभागिता देखिएको फिल्डमा खटिएका एक प्रहरी अधिकारीले जनआस्थालाई जानकारी दिए । 

उनका अनुसार युवाहरु आउनेक्रम जारी रहेकोले यो संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू