नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू

नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेन जी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बनेपछि कफ्र्यू लगाइएको छ । 

हाललाई माइतीघर, नयाँ बानेश्वर, तीनकुने र शंखमुल आसपासको क्षेत्रमा अनिश्चतकालीन कफ्र्यू जारी गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नयाँ बानेश्वर चोकदेखि पूर्व मीन भवन, शान्तिनगर तीनकुनेसम्म, पश्चिमतर्फ बिजुलीबजार पुलसम्म कर्फ्यु लगाएको छ । त्यस्तै बानेश्वर चोकदेखि उत्तरमा रत्नराज्य माध्यमिक विद्यालयसम्म र दक्षिणमा शंखमुल पुलसम्म तोकिएको छ । 

कर्फ्यू मध्यान्ह १२ बजेदेखि राती १० बजेसम्म ताेकिएकाे छ ।

टिप्पणीहरू