बानेश्वरलगायत राजधानीका यी ठाउँमा सेना परिचालित

बानेश्वरलगायत राजधानीका यी ठाउँमा सेना परिचालित

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रपछि राष्ट्रपति निवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्र वरपर कफ्र्यु लगाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेन जी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले थप क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोक, पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि एक सय मीटर दक्षिण, दक्षिण पश्चिमतर्फ सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म कफ्र्यु लगाइएको प्रशासनले जनाएको छ । 

प्रशासनका अनुसार केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमाना, नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोड, भद्रकाली मन्दिरको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेट, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।

कफ्र्यु आदेशपछि नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भएको छ । कफ्र्यु तोकिएका अन्य स्थानमा पनि सेना परिचालन हुँदै छ ।

तस्बिरहरु 

टिप्पणीहरू