बेलैमा आगो निभाएकाले क्षति कम

बेलैमा आगो निभाएकाले क्षति कम

जेनजी युवाहरूले संघीय संसद भवनभित्र आगो लगाएका छन्। निषेधित क्षेत्र तोड्दै संसद भवनको पर्खाल नाघेर छिरेका उनीहरूले आगजनी गरेका हुन्। यद्यपि, प्रहरीले समयमै नियन्त्रणमा लिएपछि ठूलो क्षति हुन पाएन।

भ्रष्टाचारविरुद्धको अभियान भन्दै बिहान माइतीघरमा भेला भएका युवाहरू नयाँ बानेश्वरतर्फ अघि बढेका थिए। एभरेष्ट होटलसम्म मात्र जुलुस निकाल्न अनुमति दिइए पनि उनीहरूले ब्यारिकेट तोडेर संसद भवनतर्फ अघि बढेका हुन्। प्रहरीको लगातार अश्रुग्यास प्रहारका बीच उनीहरू संसद भवनको मुख्य गेटसम्म पुगेका थिए र ढुंगामुढा गरेका थिए। त्यस क्रममा भवनको गेट र पर्खालमा क्षति पुगेको छ।

पर्खाल नाघेर भित्र छिरेका युवाहरूले भवनभित्रै आगो समेत लगाएका थिए। प्रहरीले रबरको गोली प्रहार गरेपछि उनीहरू भागेका र आगो निभाइएकाे बताइएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

टिप्पणीहरू