रास्वपाको नयाँ माग : तत्काल चुनाव
फाइल फाेटाे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान सरकार बर्खास्त गरेर अर्ली इलेक्सन (मध्यावधी) को माग गरेको छ ।
अपरान्ह बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । उसले घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने निष्कर्ष निकाल्दै अर्लि चुनावको माग अघि सारेको हो ।
रास्वपाले वर्तमान सरकार असफल भएको ठहर गरेको छ ।
टिप्पणीहरू