आज यी कलिला विद्यार्थीको मृत्यु देख्दा भक्कानिएँ म (एक पूर्व फौजी कमाण्डरको प्रत्यक्ष वर्णन)

आज यी कलिला विद्यार्थीको मृत्यु देख्दा भक्कानिएँ म (एक पूर्व फौजी कमाण्डरको प्रत्यक्ष वर्णन)

जेनरेशन जेड अर्थात जेन जी पुस्ताको आन्दोलनले आज अनपेक्षित रुप लियो । भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्धविरुद्ध माइतीघर मण्डलामा भेला भएर र्याली निकालेकोमा नयाँ बानेश्वर आएपछि प्रदर्शन हिंसात्मक बन्यो । संसद भवन पुगेका ती आन्दोलनकारीमाथि प्रहरीले शुरुवातमा अश्रुग्याँस र पानीको फोहोरा प्रहार गर्यो । 

आन्दोलनलाई नियन्त्रणमा लिनुको साटो प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हान्न थालेपछि प्रदर्शनकारी उग्र बने । उनीहरुले संसद भवनको गेटमा आगजनी गरे,पर्खाल फोडे । त्यसपछि आन्दोलन नियन्त्रणमा लिने भन्दै प्रहरीले ड्याङ्गड्याङ्ग गोली चलायो । यता,काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई गोली हान्न निर्देशन दिए । अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते छन् । 

यस्तो घटना कहिल्यै पनि भएको थिएन । ड्याङ्ग कि ड्याङ्ग गोली चलाएका छन् । जहाँ हेर्यो लाशै लाश छ । प्रहरीले घरमाथि चढेर अश्रुग्याँस हान्ने हो ?’ उनका अनुसार आन्दोलनमा आउने अधिकांश १८ देखि २० वर्षका केटाकेटी थिए ।

नेपालको इतिहासमा पहिलोपटक यस्तो घटना भएको सशस्त्र प्रहरीका भूपू डिआइजी तथा तत्कालीन नगर प्रहरीका डिएसपी माधव थापा बताउँछन् । २०३५ सालमा जागिर खाएका उनले ०६२–६३ को जनआन्दोलनमा उपत्यकाको सुरक्षा कमाण्ड गरेका थिए । उनका अनुसार जति ठूलो आन्दोलन भएतापनि यत्तिका मान्छे मरेका थिएनन् । 

व्यवस्था परिवर्तन क्रममा भएको दुई महिने आन्दोलनमा १९ जना मरेकोमा आज केही घण्टामै दुई दर्जनको ज्यान गएको छ । आज प्रदर्शनस्थल निरीक्षणमा पुगेका उनले प्रहरीको ठूलो कमजोरी भएको बताए । 

२०६३ सालमा गोङ्गबूमा भएको आन्दोलनमा १६३ जना घाइते भएतापनि एक जनाको पनि मृत्यु नभएको उनको जिकिर छ । तत्कालीन एआइजी रुपसागर मोक्तानकी श्रीमतीलाई आगो लगाउन भीड गएपछि खटाइएका उनले सो क्रममा रबर गोली मात्र चलाइएको जानकारी दिए । रबरको गोली र छर्राले आन्दोलन नियन्त्रणमा लिनुपर्नेमा प्रहरीले मेटल गोली चलाएकोमा उनले असन्तुष्टि पोखे । 

व्यवस्था परिवर्तन क्रममा भएको दुई महिने आन्दोलनमा १९ जना मरेकोमा आज केही घण्टामै दुई दर्जनको ज्यान गएको छ । आज प्रदर्शनस्थल निरीक्षणमा पुगेका उनले प्रहरीको ठूलो कमजोरी भएको बताए ।

जनआस्थासँग भने,‘गोङ्गबूमा त्यत्रो आन्दोलन भयो तर एक जना पनि मरेनन् । घाइतेचाँहि थुप्रै भएका थिए । आज म घटनास्थल घुमेँ, छाती भतभती पोलेर आयो । यस्तो घटना कहिल्यै पनि भएको थिएन । ड्याङ्ग कि ड्याङ्ग गोली चलाएका छन् । जहाँ हेर्यो लाशै लाश छ । प्रहरीले घरमाथि चढेर अश्रुग्याँस हान्ने हो ?’ उनका अनुसार आन्दोलनमा आउने अधिकांश १८ देखि २० वर्षका केटाकेटी थिए । 

१५ देखि २० वर्षका बालबालिकालाई गोली हानिएको उनको भनाइ छ । सेना,प्रहरीले घटना नियन्त्रणमा लिन खोज्नुको साटो सिधै गोली हानेको उनको भनाइ छ । ‘मलाई आजको स्थिति हेर्दा रुन मन लाग्यो । कलिला बालबालिकालाई गोली हानिएको छ । रबर गोली र छर्रा छैन ? प्रहरी, सशस्त्र,सेनाका भ्यालीका चिफहरु फिल्डमा जानुपर्छ कि पर्दैन ?’,उनको प्रश्न छ । 

थापाका अनुसार उनको पालामा सिडियो पनि घटनास्थल जान्थे । प्रहरी र सशस्त्रका कमाण्डरहरु घटना नियन्त्रणमा लिन भन्दा पनि फोनमै बोल्नमा केन्द्रित भएको उनी बताउँछन् । सुरक्षा निकायले हिजै घटनाबारे सूचना नलिँदा आज सोच्दै नसोचेको घटना भएको ठहर्याउँदै उनले सुरक्षा निकाय गम्भीर र जिम्मेवार बन्न आवश्यक रहेको औंल्याएका छन् ।


 

टिप्पणीहरू