उपराष्ट्रपतिको घरमा पनि आजगनी
जेनजी प्रदर्शनकारीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको घरमा तोडफोड गरेका छन् ।
अपराह्न ४ बजेतिर करिब २ सयको संख्यामा रहेका युवाहरू कलैया उपमाहनरपालिका-५ स्थित उपराष्ट्रपति यादवको घरमा छिरेका थिए । उनीहरुले घरभित्रको सरसामान बाहिर फालेर आगजनी गरेका हुन् ।
यता, काभ्रेको बनेपा नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, ईलाका प्रशासन कार्यालय र नेपाली काङ्ग्रेसका नेता शिव हुमागाईको घरमा पनि आगजनी एवं तोडफोड भएको छ ।
टिप्पणीहरू