न्यायको मन्दिर जलाउने कार्यमा न्यायकर्मी नै संलग्न

न्यायको मन्दिर जलाउने कार्यमा न्यायकर्मी नै संलग्न

जेन जी आन्दोलनको मौका छोपेर न्यायको मन्दिरमा आगजनी गर्नेमा अधिवक्ताहरु पनि सँलग्न रहेको खुलेको छ । सर्वोच्च अदालत जलाउने कार्यमा कानुन पढेकाहरुकै संलग्नता भेटिएको हो । 

नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति तथा अधिवक्ता विष्णु ढुङ्गेलले सर्वोच्च जलाउँदै गरेको तस्विर सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनका उनले प्रभावमा पारेर फैसला गरेको मिसिलहरु जलाउनका लागि त्यसो गरेको हुनसक्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको आरोप छ ।

चिरन कँडेलले लेखेका छन्,‘सर्वोच्च अदालतमा अब यसपछि हाम्रो अट्याक भन्दै,जलाउँदै गरेको व्यक्ति नालायक अधिवक्ता विष्णु ढुङ्गेल नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति (माओवादीनिकट विद्यार्थी संगठन नेता) हो । उहाँले हालसम्म माओवादी छोडेको कुनै घोषणा कहीँ कतै गर्नुभएको छैन ।’

उता,अमेरिकाको मिचिगन विश्वविद्यालयबाट कानुन विषयमा उच्च शिक्षा हासिल गरेर भर्खर फर्केका रास्वपा नेता सुलभ खरेलले पनि तोडफोड र आगजनीप्रति खुशियाली मनाएको भनी अधिवक्ता माधवकुमार बस्नेतले फेसबुकमा लामो टिप्पणी लेख्नुभएको छ ।

टिप्पणीहरू