सैनिक मुख्यालय नजिकै जेन-जीको कुटाकुट

सैनिक मुख्यालय नजिकै जेन-जीको कुटाकुट

सैनिक मुख्यालय जंगीअड्डा अगाडि भेला भएका जेन-जी युवाहरू कुटाकुटमा उत्रिएका छन् । 

अन्तरिम सरकारको नेतृत्व कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा त्यहाँ हात हालाहालको स्थिति निम्तिएको हो । अहिले त्यहाँ होहल्ला भैरहेको छ । 

एउटा समूहका युवाहरुले 'हामीले पनि जेनजी हौँ' भन्दै आफ्नो माग सम्बोधन हुनुपर्ने बताइरहेको छ । अर्को समूहले 'यहाँ दलको कार्यकर्ता बन्न नखोज्' भन्दै आक्रमण गरेको देखिन्छ । 

सरकार बनाउन गएका युवाहरु आपसमा कुटाकुट गर्न थालेपछि उनीहरुलाई छुट्याउन सेनाका जवान खटिएका छन् ।

टिप्पणीहरू