जेन–जीले जलाएको प्रहरी चौकी जनताले बनाउँदै
जेन–जी आन्दोलनको आडमा जलाइएका तथा तोडफोड गरिएका प्रहरी चौकी,कार्यालय र भवनहरु पुनःस्थापना गराउन स्थानीय स्तरमा काम थालिएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको हिंसात्मक आन्दोलनको निशानामा प्रहरीसमेत पर्दा देशभरिका प्रहरी चौकी,कार्यालय तथा भवनमा आगजनी,तोडफोड र लुटपाट मच्चिएको थियो ।
सोही क्रममा काठमाडौंको टोखा नगरपालिका–११ स्थित वडा कार्यालय नजिक रहेको प्रहरी चौकी पनि आन्दोलनकारीले जलाएका थिए । कार्यस्थल जलेपछि छतविहीन भएका प्रहरीहरुलाई आज स्थानीय जनप्रतिनिधि र नागरिकको सहयोगमा पुनःस्थापना गराउने कार्य शुरु भएको छ ।
स्थानीय वडाध्यक्ष,मेयर, उपमेयरसहितको उपस्थितिमा जलेको प्रहरी चौकीको सरसफाई,क्षतिको विवरण संकलन थालिएको छ । साथै, चौकीमा गरिएको आगजनीले भित्र रहेका प्रहरीका लत्ताकपडा, भाडाकुँडालगायत आधारभूत आवश्यकताका सामग्रीसमेत नष्ट भएकोले स्थानीयबाट आर्थिक सहयोग पनि जुटाइँदैछ ।
टिप्पणीहरू