जेन–जी युवकलाई बालेन का सल्लाहकारको धम्की

जेन–जी युवकलाई बालेन का सल्लाहकारको धम्की

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का सल्लाहकारले एक जेन–जी युवकलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । बालेनका सल्लाहकार कुमार व्यञ्जनकार (बेन) सहितले निरज ढुंगाना नामक जेन–जी युवकलाई धम्की दिएको पीडितले बताए  । 

बालेनविरुद्ध सामाजिक सञ्जालमा बोलेपछि धम्की दिइएको र अहिले लुकेर बसेको उनको भनाइ छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपश्चात् जेन–जीहरुले बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका थिए । 

तर,देशलाई आवश्यक परेको बेला बालेन पछि हटेको भन्दै ती युवक (निरज) ले भिडिओ बनाई सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरे । भिडिओमा उनले बालेन फेक भएको बताउँदै अपशब्दसमेत प्रयोग गरेका छन् । 

उनको भनाइ जस्ताको त्यस्तै–

गाइज,मलाई एउटा कुरा भन्न मन छ, आई यम द रियल जेन–जी,माई सेल्फ..बालेनलाई भन्नु छ यो कुरा ड्राइरेक्ट,के हो भन्दा खेरी अहिले चाहिएको हो क्या तँ,न कि पाँच महिनापछि तँ प्रधानमन्त्री भएर पाँच वर्ष चलाएर यो त्यो करप्सन । राइट नाउको लागि तँ चाहिएको हो,होइन । अनि तँ अहिले आउँदिनस् भने देशको लागि कहिले पनि गरेको गनिँदैन क्या ! 

तैँले भोलिको दिनमा देशको लागि जे–जे स्टाटस हालेपनि,जे–जे गरे पनि अहिले राइट नाउ देशको लागि गरिनस् भने कहिले पनि गरेको हुँदैन । अनि यो कुरा बुझ् कि अहिले देशको लागि गर्नुपर्ने टाइम छ,राइट नाउ । पाँच महिना नै लिई क्या बरु । 

केही पनि हुँदैन । पाँच महिनापछि फेरि हामी उठाउँला, तँलाई जसरी भए पनि...संविधान संविधान यताउति ल होइन, संविधान टेकेर लेख्नुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ, त्यो पनि गरौँला हामी । त्यसलाई के गर्नुपर्छ । तर, अहिले चाहिएको हो क्या । अरु बालेन पनि त आउलान् नि पाँच महिनापछि देश चलाउनको लागि । नत्र तँ अरु केही पद लिएर काम गर्लास् । अहिलेको लागि चाहिएको बेला तँ आउँदिनस् भने तँ कहिले आउँदिनस् । 

तँ फेक होस् । अहिले राइट नाउ चाहिरहेको छ,हामीलाई तँ । राइट नाउ, अहिले तँ प्रधानमन्त्री भएर देशलाई लिएर चलाउनुपर्यो । अरु घुसखोरीहरु आउन थालिसक्यो । काँही इण्डियाबाट आउन थालिसक्यो, काँही केहीबाट आउन थालिसक्यो । त्योभन्दा अगाडि तँ आएर देश चलाउनुपर्यो । यो मेरो कुनै स्टन्ट होइन, सबैले राम्रोसँग सुन् र बालेन तैँले पनि सुन् ।

टिप्पणीहरू