शीतल निवासमा सर्वदलीय बैठक जारी, शीर्ष नेता अनुपस्थित
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ ।
निर्वाचनबारे छलफल गर्न डाकिएको बैठकमा प्रमुख दलका शीर्ष नेता भने उपस्थित छैनन् । प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठकमा सहभागी हुन नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा शीतल निवास पुगेका छन् ।
नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको उपस्थिति छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानबहादुर शाही र मिना लामा सहभागी भएका छन् ।
यसैगरी, बैठकमा सहभागी हुन नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल शीतल निवास पुगेका छन् ।
जनता समाजवादी पार्टीबाट रेणु यादव, जनमत पार्टीबाट डा.चन्द्रकान्त राउत र डा.जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी छन् ।
टिप्पणीहरू